मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीक र विविधिकरण गरी किसानको हकहितको संरक्षण एवं प्रवर्द्धन गर्न तथा कृषि सम्बन्धी ऐन, कानून, नीति तथा योजना तर्जुमाको साथै कृषि अनुसन्धान र प्रसार लाई किसान मैत्री बनाई किसानहरुको हक हित र अधिकारको रक्षा गर्दै कृषि उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउनु वाञ्छनीय भएको तथा नेपाल सरकारबाट स्वीकृत कृषि विकास रणनीति (सन् २०१५-३५) ले परिरक्षित गरे बमोजिमका उद्देश्य एवं अपेक्षित उपलव्धीहरु हासिल गर्न आवश्यक नीति, ऐन नियम, योजना तर्जुमा तथा नीतिगत पृष्ठपोषण गर्न नेपाल सरकारबाट मिति 2073.10.06 को निर्णय अनुसार जारी राष्ट्रिय किसान आयोग गठन कार्यकारी आदेश, २०७३ अनुसार “राष्ट्रिय किसान आयोग” गठन भएको छ ।