Vision: उत्पादक किसानहरु नै कृषि विकासका मूल आधार हुन् भन्ने मान्यताका आधारमा कृषि पेशालाई मर्यादित पेशाको रुपमा विकास गर्दै आम किसानको हक, हित र अधिकारको संरक्षण र प्रवर्द्धन गर्दै किसानहरुलाई सामाजिक न्यायको प्रत्याभूति गराउने ।
Goal: नेपाल सरकार र सरकोकारवाला निकायहरुसँगको सहकार्यमा नेपालको संविधान अनुरुप किसानहरुलाई प्रदत्त अधिकारहरुको कार्यान्वयनमा सहयोग गर्दै किसान अधिकारमैत्री वातावरण निर्माण गरी सबै किसानहरुले आफूलाई प्राप्त अधिकारको निर्वाध उपभोग गर्न पाउने स्थिति निर्माण गर्ने र कृषिलाई सम्मानजनक र आकर्षक पेशाको रुपमा विकास गर्ने ।
Aim: विश्वव्यापीरुपमा आत्मसात् गरिएका किसान अधिकारका सिद्धान्त, मूल्य मान्यतालाई अवलम्बन गर्दै स्वतन्त्र, निश्पक्ष, विश्वसनीय तथा नेतृत्वदायी राष्ट्रिय किसान अधिकार सम्बद्र्धन र प्रबद्र्धन गर्ने संस्थाको रुपमा आयोग रहने छ ।
Values: खाद्यसम्प्रभुता सहितको किसानमुखी र आत्मनिर्भर कृषि, समानता र न्याय, निष्पक्षता, खाद्य तथा कृषि उत्पादनका स्रोत र संशाधनहरुमा उत्पादक किसानहरुको यथोचित पहुँच, जवाफदेहिता, पारदर्शिता, स्वतन्त्रता र स्वायत्तता, सहभागिता र समावेशीकरण, विविधताको सम्मान आयोगका मूलभूत मान्यताहरु हुन् ।
Farmers' Rights:
“किसान अधिकार” भन्नाले परम्परागत तथा आर्जित किसानको सिप, ज्ञान, प्रविधि, रैथाने वालीको जात, बीउ, किसानले विकास गरेको जात र बीउ, कृषिमा प्रयोग हुने प्राकृतिक स्रोत र आधारभूत कृषि सामाग्रीमा किसानको पहुँच र अधिकारलाई सम्झनु पर्छ ।
Composition and Scope
(१) कृषि उत्पादन एवं उत्पादकत्व अभिवृद्धि गरी किसानको हक, हित र अधिकारको संरक्षण एवं प्रवर्द्धन गर्ने कार्य संग सम्बन्धित विषयमा नेपाल सरकारलाई सहयोग पुर्याउन एक राष्ट्रिय किसान आयोगको गठन हुनेछ ।
(२) आयोगमा देहाय बमोजिमका अध्यक्ष र सदस्यहरू रहनेछन् :-
(क) नेपाल सरकारबाट मनोनीत एक जना - अध्यक्ष
(ख) नेपाल सरकारबाट मनोनीत किसान प्रतिनिधिहरु मध्ये एकजना महिला सहित तीनजना- सदस्य
(ग) नेपाल सरकारबाट मनोनीत कृषि सहकारीमा आवद्द किसान प्रतिनिधि एक जना - सदस्य
(घ) नेपाल सरकारबाट मनोनीत कृषि विज्ञ एक जना - सदस्य
(ङ) कृषि विकास मन्त्रालयले तोकेको राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव-सदस्य सचिव
(३) अध्यक्ष तथा सदस्यहरूको पदावधि चार वर्षको हुनेछ ।
(४) आयोगको कार्यक्षेत्र नेपाल राज्य भर हुनेछ ।
(१) आयोगको केन्द्रीय सचिवालय काठमाडौं उपत्यकामा रहनेछ र आयोगले आवश्यकता अनुसार नेपालका विभिन्न स्थानमा आफ्नो कार्यालय खोल्न सक्नेछ ।
(२) आयोगको सचिवालयको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-
(क) आयोगले सम्पादन गर्ने काम कारबाहीमा आयोगलाई सहयोग गर्ने ।
(ग) आयोगको निर्णयहरू कार्यान्वयन गर्ने ।
(ङ) नेपाल सरकारबाट तोकिए बमोजिमको अन्य काम गर्ने ।