Government of Nepal
National Farmers' Commission
Kirtipur, Kathmandu

Published Date : 2017-06-22
(१) कृषि उत्पादन एवं उत्पादकत्व अभिवृद्धि गरी किसानको हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धन गर्ने कार्य संग सम्बन्धित विषयमा नेपाल सरकारलाई सहयोग पुर्याउन एक राष्ट्रिय किसान आयोगको गठन हुनेछ ।
(२) आयोगमा देहायबमोजिमका अध्यक्ष र सदस्यहरू रहनेछन् :– 
(क) नेपाल सरकारबाट मनोनीत एक जना – अध्यक्ष
(ख) नेपाल सरकारबाट मनोनीत किसान प्रतिनिधिहरुमध्ये एकजना महिला सहित तीनजना– सदस्य
(ग) नेपाल सरकारबाट मनोनीत कृषि सहकारीमा आवद्ध किसान प्रतिनिधि एक जना – सदस्य 
(घ) नेपाल सरकाबाट मनोनीत कृषि विज्ञ एक जना – सदस्य
(ङ) कृषि विकास मन्त्रालयले तोकेको राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव–सदस्य सचिव 
(३) अध्यक्ष तथा सदस्यहरुको पदावधि चार वर्षको हुनेछ । 
(४) आयोगको कार्यक्षेत्र नेपाल राज्यभर हुनेछ ।